आसुँ एउटै, भाव फरक
त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएन् ।
आँसुलाई माध्यम बनाउदै मनको भावनाहरु पोखिरहेका थिए, उपस्थित सबैले । कतिको आखाँबाट बगिरहेको थियो, आत्मग्लानीको आँसु, कोहीको आखाँमा सम्मान र ममता भरिएको आँसु, त कसैको आखाँमा थिए मातापितासँगको विछोडका आँसु ।
सबैको आखाँबाट बगेका आँसु एउटै भएपनि आँसुका भावहरु भने फरक फरक थिए । सेमिनारमा प्रस्तुत भएका आमाको माया, ममता, त्याग र पिडा सम्बन्धी प्रस्तुतीले कतिपयले आफुले जानेर वा अन्जानमा उहाँप्रति गरेको व्यबहारलाई सम्झिएर आत्माग्लानीको आसुँ
बगाईरहेका थिए भने कतिले मातापितासँगको विछोड सम्झेर । कतिपय भने मातापिताको त्याग र समर्पण सम्झेर सम्मानले शिर झुकाएर रोईरहेका थिए । कतिजना एक अर्कोलाई अंङकमाल गर्दै रोइरहेका थिए ।
आफ्नो मातृत्व र मातृभूमिप्रति सद्भाव र सम्मानले भरिएको थियो, उपस्थित सबैको आखाँ र मन । उक्त माहोल हो, मानवसेवा आश्रमले नेपालगंजमा बुधबार सम्पन्न गरेको आमा सेमिनारको । नेपालगंजमा आमा सेमिनार प्रस्तुत हुने हलमा त्यहाँको स्थानीयको बाक्लो उपस्थिति थियो । कुनै धमाकेदार र भड्किलो प्रचारबिना पनि हल पूरै भरिएको थियो । शान्त र व्यबस्थित वाताबरणमा भएको बिल्कुल फरक कार्यक्रम, जहाँ मानवीय संवेदनाले भरिएका र सामाजिक रुपान्तरणको अभ्यासमा लागेका मनहरुको जमघट भएको थियोे ।
उक्त कार्यक्रममा विगत १५ बर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सन्देशमुलक र उत्प्रेरणात्मक कार्यक्रमहरुमा प्रस्तुति दिईसक्नुभएका मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीले प्रस्तुति गर्नुभएको थियो । आमाको महिमा, पिडा र त्यागबारे उहाँको प्रस्तुतिले उपस्थित सबैका आखाँ रसाएका थिए ।
आमा सेमिनार किन ?
पछिल्लो समय आधुनिक जिवनशैलीसँगै नेपालको मौलिक संस्कृती र संस्कारमा समेत विकृति हावी हुँदै गएको छ । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तरार्धमा अपहेलित गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउँदै गएको छ । यस्तो विषम परिस्थितिमा मातृत्व र मातृभूमीप्रतिको दायित्वबोध गराउन मानवसेवा आश्रमले आमा सेमिनार गर्दै आएको छ ।
मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिता र मातृभुमिप्रतिको महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन – जनमा पुर्याएर संस्कारयुक्त र सभ्य समाज निर्माण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । समाजमा सकारात्मक सन्देश प्रभाव गर्दै कसैले पनि सडकपेटीमा वेवारिसे जीवन बिताउन पर्ने परिस्थिति सृजना नै नहोस् भन्ने आयोजकको उद्देश्य रहेको छ ।
मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ ।
सोही लक्ष्य अनुरुप मानवसेवा आश्रमले २०६९ सालदेखि नै देशव्यापीरुपमा र २०७९ बैशाखदेखि नेपालगंज बाँकेमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ ।
मुठीदानबाट संचालित आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये ३५ जना पुरुष १२ जना महिला र ३ जना बालबालिका रहेका छन्।
(सापकोटा मानवसेवा आश्रामका बाँके जिल्ला संयोजक हुनुहुन्छ । उहाँलाई सम्पर्क गर्ने नम्बर ९८४३३४७६४५ हो ।)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
थालेसीमिया अर्थात् अपुष्ट रक्तकोष रगतसम्बन्धी हुने विभिन्न रोगहरूमध्ये अनुवंशीय रोग हो। देशभरको मध्य पहाडी भूभागदेखि सम्पूर्ण दक्षिणी भूभाग तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी भेटिएको ...
काठमाडौँ - सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न...
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको हो । महानगरपालिकाका प्रमुख...
रौतहटको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको आफ्नै पीडा रहेको छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाईकल बाहेक सवारी साधन वारिपारी आवत जावतमा रोक लगाईएको छ। सीमाबासीहरू...
नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका...