हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ ।
होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति गर्ने चलन भएकोमा पछिल्लो समय केवल रङ्गहरुमा मात्रै होली सीमित हुने गरेको छ ।
पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई नृत्य र गीतको रुपमा प्रस्तुत गरिन्छ ।
साहित्यकार कविराज भट्ट होली प्रस्तुतिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन् । उहाँका अनुसार खडी होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्तुत हुन्छ, भने बैठी होली बसेर तालीसँग खेल्ने गरिन्छ । “अहिलेको पुस्ता त होली भनेपछि रङ्ग दल्ने मात्रै बुझ्न होलीको आफ्नै मौलिकता छ”, साहित्यकार भट्टले भन्नुभयो, “होली महिमा र गरिमालाई अहिलेका पुस्ताले आत्मसात गर्नु जरुरी छ ।” उहाँले होलीमा विभिन्न लोक बाजाहरुको प्रयोग गरिने बताउनुभयो ।
“देवस्थल, सार्वजनिकस्थललगायत घर–घरमा गएर होली खेल्ने प्रचलन परापूर्वकालदेखि चल्दै आएको पाइन्छ ।” उहाँले भन्नुभयो, “होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ ।” उहाँले होलीमा विभिन्न विषयवस्तुमा आधारित गाथाका साथै आशिषसमेत दिने गरेको बताउनुभयो ।
होलीमा प्रस्तुत गरिने गाथामा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ ।” उहाँले होलीलाई अतिरञ्जनात्मक बनाइ मादक पदार्थको सेवन तथा जथाभावी रङ मात्र दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गइरहेको बताउनुभयो ।
“अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने गरिन्छ ।” स्थानीय गणेश भट्टले भन्नुभयो, “यसले गर्दा हाम्रा लोकबाजा र ती मौलिक गीत हराउन थाले ।” उहाँले अहिलेको पुस्ताले परम्परालाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होली पर्वमा उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरेको छ । प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, र मर्यादित तवरले मनाउन सबैलाई आग्रह गर्दै अपराधिक क्रियाकलाप गरे कानुन बमोजिम कारबाही हुने जनाएको छ । (आइएनएस-स्वतन्त्र समाचार)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - विश्वमा दुई ठूला युद्ध भइरहेकाले हतियार बजार अहिले कारोबारको हिसाबले उच्च रहेको छ । कोरोना अवधिपछि सुरु भएको युक्रेन–रुस युद्ध र गत अक्टोबरमा इजरायल–हमास...
हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न...
नयाँदिल्ली - भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ । एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई...
गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन्...
काठमाडौं - सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ । इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए ।...