Close This

ताजा

  • आइतबार, ६ जेठ, २०८१
  • ०४:३०:३३
  • नेपालीको अभिमत

मनोरञ्जन

लोक तथा देउडा गायिका सपना शाहीलाई 'भारती इन्टरनेशनल म्युजिक अवार्ड-२०२४'

नेपालमत

बुधबार, १९ बैशाख, २०८१

लोक तथा देउडा गायिका सपना शाहीलाई भारतमा सम्मानित गरिएको छ । 

प्रवासी साझा मञ्च भारतले चण्डीगढमा आयोजना गरेको विशेष सांगितिक कार्यक्रममा शाहीलाई 'भारती इन्टरनेशनल म्युजिक अवार्ड - २०२४' बाट सम्मानित गरिएको हो ।

उहाँलाई देउडा गीत तर्फको 'फिमेल क्याटेगोरी' तर्फ यस्तो अवार्ड दिइएको हो । स्थायी घर बाँकेको कोहलपुरबाट पछिल्लो समय काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा व्यस्त गायिका शाहीको स्वरमा रहेको 'तीन चुलिका अग्ला शीर बोल'को देउडा गीतबाट उहाँलाई अवार्ड प्रदान गरिएको हो । उक्त गीतमा शब्द नेमबहादुर शाही र लय धिरेन्द्र शाहीको रहेको छ । 

अन्तराष्ट्रिय स्तरको अवार्डले आफुलाई अझ उत्साही बनाएको र जिम्मेवारी थपेको भन्दै संगीत क्षेत्रमा अझ बढि साधना गर्ने उहाँको भनाई छ । 

विभिन्न स्टेज शोहरुमा बाक्लै देखिने शाहीका झण्डै तीन दर्जन गीत रेकर्ड छन् । शाहीका लोकदोहोरी गीत 'रुन परेपछि' देउडा गीत 'तिनचुलिका अग्ला शीर', लोकदोहोरी गीत 'तिम्रो हेराई ज्यानमारा' लगायतका गीत बढि चर्चित छन् । 

चण्डीगढको अवार्ड कार्यक्रममा भाग लिन नेपालबाट झण्डै तीन दर्जन कलाकार पुगेका थिए । फरक-फरक  विधामा उनीहरुलाई समेत सम्मानित गरिएको थियो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved