काठमाडौँ - सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग ३० जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।
अहिले जसपा फुट्नुलाई स्वाभाविक रुपमा विश्लेषण गर्न सकिदैन । सत्ता गठबन्धन टुटको संघारमा रहेको अवसरमा जसपा विभाजित हुनु संयोग मात्र मान्न नसकिने विश्लेषण राजनीतिक वृतमा भइरहेको छ ।
हालको सत्ता समीकरणसँग १५९ मत रहेको र जसपा र एकीकृत समाजवादीले सरकार छोडेमा अल्पमतमा पर्ने अवस्था रहेकोमा जसपा विभाजन भएको छ । यति मात्र होइन बजारिया हल्लालाई विश्वास गर्ने हो भने एकीकृत समावादीमा समेत विभाजनको स्वर सुनिन थालेको छ । अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफु सन्तुष्ट नभएको र कुनै पनि बेला गठबन्धन टुटनसक्ने सार्बजनिक रुपमा बयान दिदै आएका छन् भने सम्मानित नेता झलनाथ खनालले उनको विपरित बयान दिदै आएका छन् ।
नेपालको गठबन्धन टुट्ने चेतावनीले झस्किएको सत्ता समीकरण खासगरी गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीले जसपालाई बिभाजन गरेर बहुमत पुर्याउने कसरत गरेको विश्लेषण शुरु भएको छ । यद्यपी यो आरोप अहिले नै सहि हो भन्न हतार हुन्छ ।
जसपा र एकीकृत समाजवादीको २२ मत घट्दा सरकार अल्पमतमा पुग्ने भएपछि जसपाका ७ सांसदलाई अलग गरेपछि अब सरकार प्राविधिक रुपमा बहुमतमा रहने बुझाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको रहेको बुझ्न सकिन्छ । यसले माधव नेपालले गठबन्धनमा पारेको दबाब कम हुने र सम्भवत उनलाई गठबन्धनबाट अलग गराउन सजिलो हुने देखिएको छ । जसपा विभाजनको असर अब सबैभन्दा पहिला सुदूरपश्चिममा देखिने बुझ्न सकिन्छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिन आनाकिनी गरिरहेको बेला केन्द्रमा भएको यो घटनाक्रमले अब उनको पद धरापमा पर्ने देखिएको छ । एमाले शुरु देखि नै सोडारीको विरोधमा रहेको अवस्थामा अब माधव नेपालको चेतावनीलाई ह्यान्डल गर्न सकिने अवस्था बनेपछि एमाले विश्वासको मत दिन बाध्य नहुने अवस्था देखिएको छ ।
अहिलेको सत्ता समीकरणमा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, नयाँ जसपाका ७, नाउपाका ४ गरि १४२ मत हुन्छ जुन बहुमतका लागि पर्याप्त हुन्छ । यसले एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्षले सरकार छोडेपनि गठबन्धनलाई कुनै असर नपर्ने देखिन्छ ।
जसपा फुटाउने रणनीतिले अहिलेको सत्ता समीकरण बच्ने मात्र होइन यसले धेरै तिर निशाना लगाएको देखिन्छ । पहिलो सत्ता समीकरण बच्ने, दोस्रो माधव नेपालको धम्कीको औचित्य सकिने, तेस्रो कांग्रेसले बनाउन खोजेको बैकल्पिक गठबन्धन समेत बन्न नसक्ने ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले १८ बुँदे प्रस्ताव पारित गरेको छ । आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित...
विराटनगर - कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको...
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असंवैधानिकतवरले संसद्को विघटन लगायत अनेकौं काण्ड र महाकाण्ड गरे जस्तै अहिलेको कम्युनिस्ट गठबन्धन नेतृत्वको...
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा...
काठमाडौं - इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका...