नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ ।
कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका नायक पल शाहले हजारौं दर्शकमाझ आधा दर्जन गीतमा नृत्य प्रस्तुत गरेका थिए । मायालाई पानको पात..., म त ढले ढले...लगायतका चर्चित गीतमा नृत्य गर्दा युवायुवति निकै झुमेर नाचेका थिए ।
नायक शाहले क्रेजी दर्शकलाई आफ्नो आगामी १४ फागुनमा रिलिज हुन लागेको चलचित्र मायवीको प्रचारमा दर्शकलाई टिसर्ट उपहार दिएका थिए । क्रेजी दर्शकले मञ्चमै उक्लेर सम्मान गरेका थिए ।
आइतबार नायक शाह अघि चर्चित गायिका शान्तिश्रीको प्रस्तुती रहेको थियो । गायिका शान्तिश्रीले आफ्ना लोकप्रिय गीत रुकुमैकोट..., बन्दीपुरैमा..., अरेली काँडैले लगायतका आधा दर्जन बढी गीत गाएकी थिइन् । चिसो नेपालगन्जमा पारिलो घाम लागिरहेकोे बेला हरियो सारीमा ठाटिएकी शान्तिश्रीको गीतमा युवायुवती झुमेका थिए । अर्की गायिका दुःखसँगै सुख बाँडी...,दुई मुटु...,मरे भनें मरेको पल...,अलि अलि हँसाउँछु...लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।
साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको पाँचौ दिन सोमबार चर्चित गायक दुर्गेश थापा, हास्यव्यङ्ग्य कलाकार तथा अभिनेता दीपकराज गिरी, दीपाश्री निरौलाको पनि प्रस्तुती हुनेछ । बाल गायक सुप्रिम मल्ल, लोक दोहोरी गायिका इब्सल सन्ज्याल र लोक दोहोरी गायक अर्जुन सापकोेटा आउने कार्यक्रम रहेको छ ।
महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...
काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...
चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...
निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...
ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा 'दुई थोपा हाँसो' कार्यक्रम गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गर्नुभएका...