काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ ।
यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा कार्यक्रम संकलन गर्ने उद्देश्यले वडाबासीहरु वीच परामर्श गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष शान्ता पौडेलले सडक, ढल, पानी जस्ता भौतिक पूर्वाधारका कार्य अधिकांश सकिएको भन्दै दीर्घकालीन विकासका कार्य र वडाबासीलाई प्रत्यक्ष सेवा दिने काममा अबको प्राथमिकता रहेको बताउनु भयो ।
उहाँले वडा कार्यालय नजिकै साना नानीहरुका लागि ४ कोठे इसीडी भवन निर्माण सकिन लागेको, लाखेडांडामा चिल्ड्रेन पार्क बनेको र वडा नजिकै पुस्तकालय सहितको जेष्ठ नागरिक भवन तथा डेढ करोडको लगानीमा युएन पार्क बन्न लागेको बताउनु भयो । वडा अध्यक्ष पौडेलले बालमैत्री वडा घोषणाको तयारी धमाधम चलिरहेको पनि जानकारी दिनु भयो ।
परामर्श कार्यक्रममा वडाका विभिन्न पेशा, व्यवसायका झण्डै ५० बढि अगुवाहरुको सहभागिता थियो । सहभागिहरुले वडामा भैरहेका विकास योजनाको गुणस्तर सुधारमा ध्यान दिनु पर्ने, वडामा योग अभ्यासको व्यवस्था गर्नु पर्ने, वडाबासीको क्षमता र पहुँच उपयोग गर्न तथ्यांक राख्नु पर्ने, विजुलीको नांगो तार रहित वडा बनाउन पहल गर्नु पर्ने लगायतका सुझाव दिएका थिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...
काठमाडौं - काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । बिजुलीबाट...