ताजा

  • मंगलबार, १७ असार, २०८२
  • १६:२९:०३
  • नेपालीको अभिमत

समाचार / पालिकाखबर

टोखाको वडा नम्बर ६ ले गर्यो सार्वजनिक सुनुवाई 

नेपालमत

शनिबार, २५ जेठ, २०८२


टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न सुनुवाइ राखिएको वडा अध्यक्ष शान्ता पौडेलले बताउनु भयो । 

सुनुवाईमा आगामी दिनका लागि सुधार गर्नुपर्ने विषयमा पनि वडाबासीले सुझाव राखेको उहाँले बताउनु भयो । आर्थिक वर्ष सकिन लाग्दा भएको सार्वजनिक सुनुवाईमा झण्डै ६० वढि वडाबासीको सहभागिता थियो । 

कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो । यस वर्ष ६० योजनामा काम भएको, १ सय २६ व्यवसाय दर्ता भएको, १६ सय घरधुरीले कर तिरेको, ३ सय १ जनाले सामाजिक सुरक्षा कोषको तेस्रो किस्ता बुझेको, हालसम्म झण्डै १ करोड ५४ लाख रुपियाँ कर उठेको वडाले जनाएको छ । 

यस वर्ष झण्ढै २ करोड कर उठ्ने अनुमान वडाले गरेको छ । 

सुनुवाईमा सहभागिहरुले शैक्षिक क्षेत्रको अनुगमन बढाउन, सीपमुलक तालिमको उपयोगिता परिक्षण गर्न, खानेपानीको स्वच्छता सुनिश्चित गर्न, स्वास्थ्य शिविरहरु राख्दा व्यवस्थापकीय सुधार गर्न, वडाबासीको मानसिक स्वास्थ्य समाधानका लागि पहल गर्न लगायतका सुझाव दिएका थिए । 


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved