ताजा

  • मंगलबार, १७ असार, २०८२
  • १४:३९:५५
  • नेपालीको अभिमत

मनोरञ्जन / संगीत

रितु कँडेल र ईश्वर सिंहको आवाजमा ‘तारा जुनैले’

नेपालमत

आइतबार, १ असार, २०८२

सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको सुमधुर स्वर छ । गायिका कँडेल संगीत क्षेत्रमा विषयगत पढाई भएकी गायिकाका रुपमा परिचित छिन् । 

गीतको अडियो जति मिठो छ, यसको भिडियो पनि उत्तिकै कलात्मक बनेको छ । निर्देशक बिनोद भण्डारी गीतको मर्मलाई पर्दामा उतार्न सफल भएका छन् । अभिनेता अनिल पौडेल र अभिनेत्री जुना गुरुङको जीवन्त अभिनयले प्रेम र विछोडको कथालाई दर्शकले महसुस गर्न सक्ने बनाएको छ । उनीहरूको रोमान्टिक र भावनात्मक दृश्यले गीतको भावलाई अझ गहिरोसँग प्रस्तुत गर्छ ।

गीतकार शिव हमालको शब्द रचनाले गीतको भावनात्मक गहिराइलाई बलियो बनाएको छ भने स्वयं गायक ईश्वर सिंहको संगीतले त्यसलाई जीवन्त धुन दिएको छ । एरेन्जर आशिष अविरलको संगीत संयोजनले गीतलाई आधुनिक र कर्णप्रिय बनाएको छ । 

गीतको अडियो राग स्टुडियोमा रेकर्ड गरिएको हो । दिनेश पराजुलीको छायांकन, मनोज कार्कीको सम्पादन र अनिमेशको मेकअपले भिडियोलाई प्राविधिक रूपमा अब्बल बनाएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved