विराटनगर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताउनुभएको छ ।
एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विराटनगरलाई औद्योगिक नगरीका रुपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजनीतिक रुपमा पनि विशेष महत्व बोकेको यो स्थानमा पहिलोपटक रेडियो नेपाल स्थापना भएको स्मरण गर्दै उहाँले भत्रुभयो, “सही ढङ्गले विकास गर्ने जनप्रतिनिधि नहुँदा मुलुक अधोगतिमा जानेछ ।” आफ्नो तीनवर्षे शासनकालमा मधेसमा हुलाकी सडक, शिक्षाबाट वञ्चितलाई भर्ना अभियान सञ्चालन गरेको स्मरण गराउँदै उहाँले भत्रभुयो, “मधेसमा आगामी दुई वर्षमा एक लाख ८५ हजार बिघा जग्गा सिँचाइ हुने सुनकोसी मरिन ड्राइभ निर्माण, ज्येष्ठ नागरिक भत्ता, विद्युत्भार कटौतीको अन्त्य जस्ता कार्य गरेको छु ।”
पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन दल बहुदलीय प्रतिस्पर्धामा एमालेसँग डराएकाले स्थानीय पालिका निर्वाचनमा विभित्र स्थानमा उम्मेदवारी दिन नसकेको आरोपसमेत लगाउनुभयो । उहाँले जनताका पक्षमा जान कार्यकर्तालाई निर्देशन दिँदै यही वैशाख ३० गतेको निर्वाचनमा एमालेका उम्मेदवारहरूले अत्यधिक सफलत हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चेतनाको आन्दोलनको नेतृत्व गरेको गरेको विराटनगर महानगरपालिकादेखि आसपासका क्षेत्रमा पनि विजयी हुने दाबी गर्नुभयो ।
सभामा एमालेबाट महानगरका प्रमुखका उम्मेदवार सागर थापा र उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्की लगायतले विराटनगरलाई दोस्रो ठूलो सहर बनाउने सङ्कल्पमा निजी क्षेत्रको सहयोग लिने भन्दै विराटनगरलाई सहरका रुपमा विकास गरी आर्थिक क्षेत्रको चलायमन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११...
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको 'बेष्ट बैंक अवार्ड २०२५'बाट सम्मानित भएको छ । यो अवार्ड सगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल...
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...