एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो फिल्मलाई १०० करोड क्लबमा पुर्याएको छ।
यसले बलिउडका ठूला फिल्महरूलाई पछाडी छाडेको छ र यसको बक्स अफिस कलेक्सन रोकिने वाला देखिएको छैन्। विशेष कुरा के छ भने फिल्मले साताका दिनमा पनि राम्रो कमाइ गरिरहेको छ । जसका कारण १०० करोड क्लबमा सामेल हुन १२ दिन मात्र लागेको थियो ।
होम्बले फिल्म्सको ब्यानरमा बनेको महावतार नरसिंहा गत जुलाई २५ मा हलमा रिलिज भएको थियो । त्यतिबेला सिनेमा हलमा ‘सायरा’ को चहलपहल थियो, त्यसैले ‘महावतार नरसिंहा’ले यति ठूलो कलेक्सन गर्छ भनेर कसैले सोचेका थिएनन् ।
महावतार नरसिंहलाई समीक्षक र दर्शकले निकै रुचाएका छन् । फिल्मले पहिलो दिनमै कम कमाई थियो तर माउथ पब्लिसिटी पछि त्यसयता बढ्दै गएको छ । सैकनिल्कको प्रारम्भिक प्रतिवेदन अनुसार महावतार नरसिंहाले १२ औँ दिन ७ करोड ७५ लाख संकलन गरेको छ । जस पछि फिल्मको कुल कलेक्सन १०६.०५ करोड पुगेको छ ।
महावतार नरसिंह जम्मा १५ करोडको बजेटमा बनेको फिल्म हो । अहिले सय करोडभन्दा बढी सङ्कलन भइसकेको छ । यो फिल्मबाट निर्मातालाई धेरै फाइदा भएको छ । यसवाट हैसिएका निर्माताले थप अरू फिल्म बनाउने घोषणा गरेका छन् ।
निर्माण पक्षले अब महावतार नरसिंह फ्रेन्चाइजका थप ६ वटा चलचित्रको घोषणा गरेको छ । यसको रिलिज मिति पनि सार्वजनिक भएको छ । २०२७ मा ‘महावतार परशुराम’ आउनेछ, त्यसपछि २०२९ मा ‘महावतार रघुनंदन’, २०३१ मा ‘महावतार द्वारकाधीश’, ‘महावतार गोकुलानन्द’ सन् २०३३ मा आउँदैछ र अन्त्यमा २०३५ मा ‘महावतार कल्की पार्ट १’ आउँदैछ । यी फिल्मलाई लिएर निर्माताहरु निकै उत्साहित छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नजिकिदै गरेको यसपालीको तीजको माहोल नेपाली चलचित्र ‘कोशेढुङ्गा’को नयाँ गीतले झनै तताएको छ । यो चलचित्रको ‘नत्र भने जिन्दगी’ बोलको पहिलो गीत गत साता...
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...