काठमाडौं - नजिकिदै गरेको यसपालीको तीजको माहोल नेपाली चलचित्र ‘कोशेढुङ्गा’को नयाँ गीतले झनै तताएको छ । यो चलचित्रको ‘नत्र भने जिन्दगी’ बोलको पहिलो गीत गत साता सार्वजनिक भए सँगै देशविदेशमा रहेका नेपालीहरुले हजारौं भिडियो बनाएर तीजको माहोल तताइ दिएका हुन् ।
गीतले विवाहित र अविवाहित महिलाबीचको अन्तर र तीज पर्वको सांस्कृतिक पक्ष चित्रण गरेको छ । दर्शक र सामाजिक सञ्जाल प्रयोगकर्ता बीच यो गीतमा बनेका नृत्य क्लिप हटकेक बनेका छन् । मौलिक धुन, उत्सवमय नृत्य र आकर्षक कोरियोग्राफीले भरिएको गीत टिकटक र फेसवुक लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमार्फत् झनै चर्चामा आएको कार्यकारी निर्मातामा दिनेश खड्काको भनाई छ ।
कथावस्तु, पूर्णबहादुरको सारंगी फेम्ड निर्देशक र तीजको माहोलमा हटकेक बनेको गीतका कारण पनि यो सिनेमा प्रतिक्षित बनेको छ ।
चर्चामा रहेको यो गीतको म्युजिक भिडियोको कोरियोग्राफी स्मृति तिमल्सिनाले गरेकीछिन् जसका केहि स्टेप निकै हिट भएका छन् । मिडियामा स्मृतिको कामको प्रशंसा भैरहेको छ । सिनेमामा पहिलो पल्ट काम गरे पनि कला क्षेत्रमा भने स्मृति तिमल्सिना अनुभवी नाम हो ।
यसैवीच यो गीतमा उत्कृष्ट नृत्य गर्नेलाई पुरस्कार घोषणा गरिए पछि भिडियो बनाउनेहरुमा झनै उर्जा भरिदिएको छ । युट्युबमा यस गीतलाई १३ लाखभन्दा बढी भ्युज आइसकेको छ भने दर्शकहरुले २० हजार भन्दा बढि भिडियो निर्माण गरेको निर्माण पक्षका मुख्य सल्लाहकार निदेश अधिकारीको भनाई छ । प्रतिस्पर्धामा अगस्ट २० सम्म सहभागीले भाग लिन सक्नेछन् । निर्माण टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग ‘नत्र भने जिन्दगी व्यर्थ छ’ मेन्सन गर्नु पर्नेछ । यसमा बेस्ट पर्फमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडिओले २० हजार र मोस्ट लाइक भिडिओले १० हजार रुपियाँ जित्नेछन् ।
चलचित्र ‘कोशेढुङ्गा’को यही भाद्र १२ गतेदेखि नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । फिल्मको निर्देशन गरेका छन् सरोज पौडेल, जसले यसअघि सफल चलचित्र ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेर दर्शकमाझ पहिचान बनाएका थिए ।
निर्माता किशोर अनुराग भन्छन्, ‘कोशेढुङ्गा’ हाम्रो नेपालीपनको कथा हो । तीज गीतमार्फत् हामीले परम्परा र नयाँ पनको संयोजन ल्याएका छौं । दर्शकको यो साथले हामीलाई अझ आत्मविश्वास दिलाएको छ ।’ अनुराग नाट्य क्षेत्रमा लामो समय काम गरेर कैयौं राष्ट्रिय अवार्ड हात पारेका वरिष्ठ कलाकार तथा निर्देशक समेत हुन् ।
गीतमा खेम सेन्चुरीको संगीत र नेत्र अर्यालका शब्द छन् । सेन्चुरीसँगै समीक्षा अधिकारी र दीपिका बयम्बुले स्वर दिएका छन् । भिडिओमा मुख्य कलाकारहरू सुरक्षा पन्त, नीति शाह र ऋचा शर्मा फिचर्ड छन् ।
विशेषतः यो गीतले तीजको सांस्कृतिक र भावनात्मक पक्ष उजागर गरेको छ। परम्परागत तीज गीतहरू जसरी श्रीमान्, माइती र महिला भावनाको कथा बोल्ने शैली अहिलेका धेरै गीतमा हराउँदै गएको थियो।
फिल्ममा सुरक्षा, ऋचा र नीतिसहित आर्यन सिग्देल, मन्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।सामाजिक सञ्जालमा ‘तीज गीत भन्नासाथ याद आउने खालको परिपूर्ण प्रस्तुति’, ‘कोरियोग्राफी मात्र होइन, गीतको सम्पूर्ण टोन नै हिट छ ।’ ‘नयाँ फिल्म, नयाँ स्वाद, अबको तीज यसै गीतमा नाच्ने हो’ जस्ता टिप्पणी प्रयोगकर्ताहरुले गरिरहेका छन् ।
निर्माता किशोर अनुराग भन्छन्, ‘कोशेढुंगा हाम्रो नेपालीपनको कथा हो । तीज गीतमार्फत् हामीले परम्परा र नयाँपनको संयोजन ल्याएका छौं । दर्शकको यो साथले हामीलाई अझ आत्मविश्वास दिलाएको छ ।’
नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मसको सहकार्यमा यो चलचित्र निर्माण गरिएको हो । कथावस्तु, पूर्णबहादुरको सारंगी फेम्ड निर्देशक र तीजको माहोलमा हटकेक बनेको गीतका कारण पनि यो सिनेमा प्रतिक्षित बनेको छ ।
‘कोशेढुङ्गा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने निर्माता प्रेविल कँडेलले जानकारी दिए । ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो...
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...