काठमाडौं - काठमाडौंको किर्तिपुरमा मन्टेश्वरी तालिम मार्फत् शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै एक दशकदेखि मन्टेश्वरी तालिम केन्द्र संचालन गरिरहेकी दुर्गाकुमारी धिताललाई सम्मान गरिएको छ ।
लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशील सगरमाथा प्रतिष्ठान नेपालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा धिताललाई 'उत्कृष्ट शिक्षा सम्मान २०८२' बाट सम्मानित गरेको संस्थाका अध्यक्ष नरबहादुर लिम्बुले जानकारी दिनु भयो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा किर्तिपुरमा आयोजित विशेष समारोहमा पूर्वमन्त्री तथा संघीय सांसद राजन केसीले उहाँलाई सम्मान प्रदान गर्नु भएको थियो ।
आफुले संचालन गरेको सनबीम मन्टेश्वरी ट्रेनिङ सेन्टरले हालसम्म एक हजार बढि महिलाहरुलाई तीन महिने सीपमुलक तालिम प्रदान गरेको संस्थापक तथा निर्देशक धितालको भनाई छ । यो सम्मानले आफुलाई यस क्षेत्रमा अझ धेरै सेवा गर्ने प्रेरणा मिलेको धितालले बताउनु भयो । महिलाहरुलाई तालिम मार्फत् स्वरोजगार बनाउने ध्येयले २०७२ सालमा ट्रेनिङ सेन्टर खोलेको धितालले बताउनु भयो ।
सो अबसरमा नेपालको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र पर्यटन विकासमा विशेष योगदान पुर्याउँदै आएका विभिन्न विशिष्ट व्यवसायीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ । अध्यक्ष लिम्बुका अनुसार प्रतिष्ठानले स्थापना कालदेखि नै राष्ट्र निर्माणमा सक्रिय भूमिका खेलेका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई नियमित रूपमा सम्मान गर्दै आएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...
काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा...
भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा वढीले अवलोकन गरेका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४...
काठमाडौं - चर्चित अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला...
नेपालगञ्ज - शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा...