काठमाडौं - रसुवागढी क्षेत्रमा सोमबार बिहान आएको भीषण बाढीले चीन–नेपाल सीमावर्ती क्षेत्रलाई अकल्पनीय क्षति पुर्याएको छ।
गोसाइँकुण्ड गाउँपालिका २ स्थित लिङ्दे खोलामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल–चीनको मुख्य नाका रसुवागढीमा भौतिक संरचना ध्वस्त पारेको छ। स्थानीय समय अनुसार सोमबार बिहान करिब ३ बजे गोसाइकुण्ड गाउँपालिका–२ को रसुवागढी नजिकैको खोलामा ठूलो बाढी आएको थियो।
एक घण्टाभित्रै बिहान ४ बजेतिर बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगायो। सो पुल नै मुख्य नाका भएकाले रसुवाबाट चीनतर्फ हुने आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
यसै वीच प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए।
बाढीले खतरामा परेकामध्ये ११ जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये भन्सार कार्यालयनजिकै फसेका ९ जना र नुवाकोटको इन्द्रेणीघाटमा फसेका दुई जना रहेका छन्। नेपाली सेनाको हेलिकोप्टरले दुई जना वृद्ध दम्पतीको उद्धार इन्द्रेणीघाटबाट गरेको थियो।
बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याम क्षतिग्रस्त बनेको छ। इलेक्ट्रिक भेइकल चार्जिङ स्टेशनहरू, रसुवागढी भन्सार यार्ड क्षतिग्रस्त बनाएको छ।
बाढीले नेपालतर्फ मात्र होइन, चीनको सीमा क्षेत्रमा पनि व्यापक क्षति पुर्याएको छ।
बाढीले चिनियाँ कम्पनी ‘त्रिशुली थ्री बी हब स्टेशन’का सबस्टेशन, ट्रान्सफर टावर, वाल संरचना पूर्ण रूपमा ध्वस्त बनाएको छ। चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर अहिलेसम्म १८ जना बेपत्ता भएको खुलेको छ ।
अचानक आएको बाढीको चपेटामा परी बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहरलाई नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरे पछि जनता सडकमा उत्रिएका छन् । इजरायलको यो योजनाको...
काठमाडौं - शिव मन्दिरको बिषयलाई लिएर थाइल्याण्ड र कम्बोडिया बिचमा बिबाद र गोली हानाहान जारी छ। तर, यसैबेला कम्बोडियावाट एउटा अर्को खबर आएको छ । कम्बोडियामा यतिखेर...
काठमाडौं - विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ । यस सम्बन्धमा वैज्ञानिकहरुको अनुसन्धानले धेरै चकित पार्ने खुलासा गरेका छन्। ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको...
काठमाडौं - विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक...
काठमाडौं - भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी...