ताजा

  • मंगलबार, १७ असार, २०८२
  • २०:३४:५७
  • नेपालीको अभिमत

बाहिरको नेपाल

अस्ट्रेलियामा फैलदै नेपाली व्यवसायीको 'डोको'

नेपालमत

मंगलबार, २ माघ, २०८०

अस्ट्रेलियामा नेपाली समाज बढे सँगै व्यवसायिक क्षेत्रमा पनि नेपालीहरुको प्रभाव चुलिन थालेको छ । कुनै जमाना थियो जतिबेला, अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न गाह्रो हुन्थ्यो ।  तर, अहिले नेपाली भाषामै अस्ट्रेलियामा हरेक क्षेत्रमा सेवा र सुविधा प्राप्त हुने दिन आउन थालेको छ ।

अतिथि सत्कार, चिकित्सा क्षेत्र, रियल स्टेट, शिक्षादेखि टुर एन्ड ट्राभलसम्म नेपालीका व्यवसाय फैलिएका छन् । 

यसै वीच एडिलेडलाई मुख्यालय बनाएर नेपालको पर्यटन प्रवर्धनको लक्ष्य बोकेर सन् २०२०मा स्थापना भएको डोको ट्राभलले छोटो समयमै पहिचान कायम गर्न सफल भएको छ । डोकोले नेपाल महोत्सवको यात्रा सहयोगीदेखि स्थानिय क्रिकेट क्लबको प्रायोजकका रुपमा समेत साझेदारी गर्दै आएको छ । यस्तै सांगितिक क्षेत्रमा नेपथ्यदेखि १९७४ एडीजस्ता अब्बलदर्जाका ब्यान्डसँंग काम गरिसकेको छ । 

डोको ट्राभल एन्ड टुर्सले तिन बर्षमा वीस हजार सेवाग्राहीहरुलाई सेवा र सुविधा प्रदान गरेको कार्यकारी निर्देशक विजय पौडेल क्षेत्रीको भनाई छ । 'हामीले मुलुकको पर्यटन प्रवर्धनमा नेपालको होलिडे प्याकेजदेखि गन्तब्यको उपयुक्त पहिचान गरी प्रचार अभियान समेत चलाएका छौं, जसवाट कयैन अस्ट्रेलियनहरु नेपाल पुगिसकेका छन्', विजयको अनुभव छ । उहाँका अनुसार गुणस्तरीय सेवा र सहजिकरण सेवाग्राहीको पहिलो प्राथमिकता भएकाले सोही अनुरुप डोकोले अनुभवी कामदार मार्फत् आवश्यक जानकारी र सस्तो र सुलभ सेवा सुविधा प्रदान गर्दै आएको छ ।  

अहिले अस्ट्रेलियाका बिभिन्न शहरमा फैलिएको डोको ट्राभलले नेपालमा पनि आफ्नो कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । यस्तै टुर गाइड, आवश्यक नर्सिङ सेवा समेतको सुविधा पनि यो ट्राभलले उपलब्ध गराउदै विजयको भनाई छ । 

पर्थ निवासी राज थपलिया गुणस्तरिय सेवा सँगै सामाजिक दायित्वबोधको सवालमा डोको अरु भन्दा अगाडि रहेको बताउँछन् । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved