वासिंगटन डिसी, २ बैशाख - इरानले आइतबार इजरायलमा ड्रोनबाट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई समर्थन गर्ने बताएका छन् ।
साथै, बाइडेनले आक्रमणपछि इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी आक्रमणको जानकारी लिएका थिए। इजरायली सेनाले इरानविरुद्ध कारबाही गर्न र उनीहरूलाई रोक्न अमेरिकासँग मिलेर काम गरिरहेको बताएको छ। अमेरिकी सेनाले इजरायलतर्फ उडिरहेका केही इरानी ड्रोनलाई पनि खसालेको समाचारमा जनाइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग इरानको आक्रमणबारे छलफल गर्न इजरायलको युद्ध मन्त्रिपरिषद् र सुरक्षा मन्त्रिपरिषद्को बैठकपछि कुरा गरेका छन । उनका अनुसार राष्ट्रपति बाइडेन र नेतान्याहुबीच २५ मिनेटको कुराकानी भएको थियो ।
बाइडेनले जी ७ को बैठक बोलाउने
वाइडेनले इरानको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै ‘म यी आक्रमणको कडा शब्दमा निन्दा गर्छु’ भन्ने प्रतिक्रिया दिएका छन् । बाइडेनले थप भने, ‘मैले इजरायलको सुरक्षाका लागि प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेको छु।’ राष्ट्रपति वाइडेनले इरानको आक्रमणबारे संयुक्त कूटनीतिक वार्ताका लागि अप्रिल १४ मा जी ७ नेताहरूको बैठक बोलाउने र इजरायली नेतासँग सम्पर्कमा रहने जनाएका छन् ।’
राष्ट्रपति बिडेनले ट्वीटरमा लेखेका छन्, ‘मैले भर्खरै मेरो राष्ट्रिय सुरक्षा टोलीसँग इजरायल विरुद्ध इरानको आक्रमणको अद्यावधिकको लागि भेटेँ। इरान र यसका प्रोक्सीहरूको खतराबाट इजरायललाई जोगाउन हामी इजरायलको साथमा छौं।’ जानकारीका अनुसार बाइडेनले प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्ने क्रममा इरानी आक्रमणको प्रतिक्रिया नगर्न इजरायललाई आग्रह गरेका छन् ।
इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइलहरू प्रहार गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यसको जानकारी दिएको छ ।
(न्युजकारखाना)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको...
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा...
काठमाडौं - इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका...
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका...
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ । देउवा र नेपालबीच बुधबार...