धनगढी - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसदले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलास चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
लक्ष्मणकिशोरले नाउपाका संरक्षक रेशम चौधरी पक्षबाट र कैलाश चौधरीले अध्यक्ष रन्जीता श्रेष्ठ पक्षबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
लक्ष्मणकिशोरले नाउपासहित नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन रहेको पत्र पेस गर्दै मुख्यमन्त्रीमा दाबि गरेका छन् भने कैलाश चौधरीले नाउपासहित माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् ।
एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबि पेश गरेपछि प्रदेश प्रमुख मियाँले भने अब सांसदहरुको सनाखत गरेर निर्णय लिने भएका छन् । उनले मङ्गलवार सांसदहरूको सनाखत गर्ने भएको प्रदेश प्रमुखको कार्यले स्रोतले जनाएको छ ।
साथै एकै पार्टीका दुई सांसदले फरक–फरक दाबी पेस गरेकोले उनले कानूनी परामर्श पछि मात्रै निर्णय गर्ने बताएकाछन् ।
लक्ष्मणकिशोरले पेस गरेको दाबीमा १८ जना नेपाली काँग्रेसका ४ जना एकीकृत समाजवादी ५ जना नागरिक उन्मुक्ति र एक जना राप्रपा सांसदसहित २८ जना सांसदको समर्थन देखिएको छ । त्यस्तै कैलाश चौधरीले एमालेका १० जना, माओवादी केन्द्रका १० जना, नाउपाका २ जना, एकीकृत समाजवादीका ४ जना र स्वतन्त्र एक जनाको समर्थन आफुलाई रहेको भन्दै दाबी पेस गरेका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको...
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा...
काठमाडौं - इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका...
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका...
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ । देउवा र नेपालबीच बुधबार...