काठमाडौँ - काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।
एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।
पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शिर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ ।
यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।
प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।
२०१ देखि ३०० सम्मको अति अस्वस्थ अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।
काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भूभागमा...
काठमाडौँ - अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दुताबासले...
काठमाडौँ - संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरू नेपाल आउने हुनु भएको छ। अर्थमन्त्री वर्षमान पुनको सचिवालयले दिएको जानकारीअनुसार...
नेपालगञ्ज - कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ ।...
काठमाडौं - काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ । चैत १४ देखी १६ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन हुनेछ । नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल...